काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकलाई टेकओभर गरेको नेपाल राष्ट्र बैंकले अन्य २ फाइनान्स र ३ बिकास बैंकहरुलाई पनि ‘विशेष निगरानी’मा राखेको पाइएको छ । राष्ट्र बैंकले दुई फाइनान्स र तीन बिकास बैंकलाई विशेष निगरानीमा राखेको स्वयम् राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु बिकास बैंकगरी तीन बैंक र जानकी फाइनान्ससहित दुई फाइनान्सलाई ‘विशेष निगरानी’मा राखेको छ । जसमध्ये एक फाइनान्सलाई सिघ्र सुधारात्मक कारवाही गर्नुपर्ने विषयमा आन्तरिक छलफलसमेत सुरु भईसकेको छ ।
नारायणी र सिन्धु बिकास बैंकले यसअघि पनि राष्ट्र बैंकको कारवाही भोगिसकेका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकमा करोडौंको घोटाला भएको तथ्य यसअघि नै बाहिरिईसकेको छ।
‘एकैपटक धेरैलाई कारवाही गर्दा यसले समग्र अर्थतन्त्रमै असर पुग्न सक्छ । त्यहि भएर अहिले कर्णालीको पालो पहिला र अरुको पालो अलि पछि आउनेजस्तो देखिएको हो ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘एक फाइनान्स कम्पनीलाई सिघ्र सुधारात्मक कारवाही गर्ने विषयमा त आन्तरिक छलफल नै सुरु भईसकेको छ । अन्य बैंकहरु विशेष निगरानीमा छन् ।’
कर्णालीको व्यवस्थापन अव राष्ट्र बैंकले हेर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्