×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाखौँ खर्च गरेर ‘बैंक अफ दी एयर’ अवार्ड लिएको सिटिजन्स बैंकको नाफा घट्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाखौँ खर्च गरेर ‘बैंक अफ दी एयर’ अवार्ड लिएको सिटिजन्स बैंकको नाफा घट्यो !

Artha Sarokar

२५ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘बैंक अफ दी एयर’ अवार्ड पाएको सिटिजन्स बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्ममा बैंकको नाफा २४ प्रतिशतले घटेको हो ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यसअवधिमा बैंकले कुल ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो चालु आर्थिक वर्षको तुलनामा २४.६९ प्रतिशत कम हो ।

स्मरण रहोस्, यो त्यही बैंक हो जसलाई केही दिनअघि बेलायती आर्थिक पत्रिका ‘दी बैंकर’ले बैंक अफ दी अवार्ड प्रदान गरेको थियो । बैंकले अपत्यारिलो पारामा बैंक अफ दी एयर अवार्ड पाएपछि नेपाली बैंकिङ क्षेत्रमा अवार्डमाथि नै अनेक प्रश्न खडा भएको थियो ।

यतिसम्म कि बैंकले उक्त अवार्डका लागि लाखौँ खर्च गरेको चर्चा समेत बजारमा चलेको छ । नेपाली बैंकिङ क्षेत्रमा अन्य राम्रा बैंक हुँदाहुँदै सिटिजन्स जस्तो कमजोर बैंकले कसरी बैंक अफ दी एयर अवार्ड पायो ? भन्ने प्रश्न टड्कारो बनिरहेका बेला बैंकको घट्दो नाफाले पनि उक्त अवार्ड ‘फेयर’ तरिकाले वितरण गरिएको हो भन्नेमै शंका उब्जिएको छ । यद्यपि नेपालबाट अन्य बैंकहरुले अवार्डका लागि दाबी नगरेपछि बैंकले उक्त अवार्ड हात पारेको पाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी