×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवाबाट ग्राहकको ५४ करोड चोरी !, चोरीको पैसाले चोरले किने घरगाडी, क्रिप्टोमा पनि लगानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

इसेवाबाट ग्राहकको ५४ करोड चोरी !, चोरीको पैसाले चोरले किने घरगाडी, क्रिप्टोमा पनि लगानी

Artha Sarokar

११ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । इसेवा वालेटबाट करोडौँ ठगी गर्ने गिरोह पक्राउ परेको छ । प्रहरीले कैलालीका माइकल चौधरी, अनिल विश्वकर्मा, पीयूष श्रेष्ठ, अश्विसन चौलागाईं, सत्यम् सहनी, रोशन कुमार र मुन्ना कुमारलाई पक्राउ गरेको हो । 

इसेवा लगायतका मोबाइल वालेटबाट रकम चोरी भएको व्यापक गुनासोपछि अनुसन्धान गर्दै जाँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । 

उनीहरुले ‘इसेवाको आधिकारिक मान्छे हूँ’ भन्दै सिस्टम अपडेटका नाममा ओटिपी मागेर वालेटबाट पैसा चोरी गर्दै आएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार यसरी उनीहरुबाट ठगिनेहरुमा सरकारी सेवाका कर्मचारी र चिकित्सकसम्म छन् । 

सीआईबीका अनुसार उक्त ठगी गिरोहका नाइके माइकल चौधरी हुन् । २२ वर्षीय माइकल आईटीका विद्यार्थीसमेत हुन् । उनले यसरी गरिएको ठगीबाट घर र गाडीसमेत किनेको भेटिएको सीआईबीले जनाएको छ । अन्यले भने उनलाई उक्त ठगीमा सघाएको सीआईबीले जनाएको छ । यति मात्र होइन, माइकलको बाइनान्स एपमा ५४ करोड बराबरको मौज्दात देखिएको छ । उक्त रकम पनि यसरी नै गरिएको ठगीबाट आएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले यसरी ठगेको रकम क्रिप्टो मुद्रामा लगानी गरेको पाइएको छ । ठगी गर्नकै लागि उनीहरुले नक्कली कागजपत्रका आधारमा करिब ४० वटा सिमकार्ड निकालेको समेत सीआईबीले जनाएको छ । पक्राउ परेकाहरुमाथि ठगी तथा क्रिप्टो कारोबार कसुरमा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुईजना भारतीय नागरिकको भने हुन्डी लगायत अन्य आर्थिक अपराधमा समेत कनेक्सन देखिएको सीआईबीले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी