काठमाडौँ । डिजिटल वालेटमा केहि प्राविधिक समस्या आउनु ठुलो कुरा होइन । तर आफुलाई देशको नम्बर १ डिजिटल वालेट दाबी गर्ने इसेवा हप्तैपिच्छे बिग्रिन थालेपछि सो वालेटका सिइओको नियतमाथि नै प्रश्न उठ्न थालेको छ । हप्तामा कम्तीमा पनि एक पटक ठुलै समस्या आउने, हरेकदिनजसो औसत समस्या आईरहने भएपछि खल्ती, आइएमई पे लगायतका वालेटका सीइओ र अध्यक्षसँग दोस्ती जमाएका खड्काले कतै भित्रभित्रै कम्पनीलाई धोका त दिईरहेका छैनन् ? भन्ने प्रश्न इसेवाभित्रै बहसको विषय बन्न थालेको छ । केहि पटकसम्म यसलाई संयोग मानेका इसेवाका कर्मचारीहरुले पनि खड्का सीइओ भएसँगै इसेवा दर्जन पटकभन्दा बढी बिग्रिन थालेपछि उनको ‘नियत’माथि नै प्रश्न उठाउन थालेका हुन् ।
