काठमाडौँ । मंगलबार बिहान भूकम्पका कारण परीक्षा प्रभावित भएपछि त्रिविको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । स्नातक तहको प्रथम वर्षको परीक्षामा मंगलबार १५ मिनेट समय थप गरिएको हो ।
परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि परीक्षा हलमा बसिसकेका परीक्षार्थीहरु बाहिर निस्किएका थिए ।
प्रायः सबै परीक्षा केन्द्रमा भूकम्पको धक्का कारण परीक्षा प्रभावित भएपछि आज (मंगलबार)को परीक्षामा १५ मिनेट समय थप गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
भूकम्पको धक्कापछि प्रभावित भएको परीक्षा केहीबेरमा सुरु भएको थियो । हाल परीक्षा चलिरहेको छ । मंगलबार बिहान ६ः५० बजे नेपाल–चीन सीमाना तिब्बतको दिंगे काउन्टी केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यसले नेपालका प्रायः ठाउँमा धक्का महसुस गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्