काठमाडौँ । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।
मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।
नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ः५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौँ उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो ।