काठमाडौँ । चीनमा भूकम्पमा परी ज्यान गुमाउने संख्या ९५ पुगेको छ । मंगलबार बिहान ६ः५० मिनेटमा गएको ६.८ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाउने सख्ंया ९५ पुगेको हो ।
भूकम्पमा परी घाइते हुनेको संख्या भने १३० पुगेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मंगलबार नेपाल-चीन सिमाना तिब्बतको सिगात्सेस्थित दिङ्गी गाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । त्यसको धक्का नेपालका प्रायः ठाउँहरुमा महसुस गरिएको थियो ।
हाल चिनियाँ सेनाले भूकम्पमा परी घाइते भएकाहरुको उद्धार गरिरहेको छ । भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र अस्थायी रुपमा बन्द गरिएको छ ।