काठमाडौँ । नेपाल-चीन सीमाना तिब्बतको दिंगे केन्द्रबिन्दु भएर गएको ७ रेक्टरको भूकम्पको धक्का नेपालका प्रायः ठाउँमा महसुस गरिएको छ । बिहान ६ः५० बजे गएको भूकम्पको धक्का पश्चिम नेपालदेखि पूर्वी नेपालसम्मका विभिन्न ठाउँमा महसुस गरिएको हो ।
२०७२ साल सम्झाउने गरी भूकम्पको धक्का महसुस गरिएपछि देशका विभिन्न ठाउँमा पराकम्पको त्रास फैलिएको छ ।
भूकम्पको ठूलो धक्का महसुस गर्ने बित्तिकै मानिसहरु घरबाट बाहिर निस्किएका थिए भने घना बस्नी भएको क्षेत्रमा भागाभाग नै भएको थियो । भूकम्पको ठूलो धक्कापछि काठमाडौँका कलेजहरुले बिहानी कलेज स्थगित गरेका छन् ।
सँगै बैंक तथा वित्तीय संस्थाहरुले पनि मोफसलका शाखाहरुमा ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएका छन् । अझ खासगरी भूकम्पको केन्द्रबिन्दु मापन भएको क्षेत्र आसपासका क्षेत्रमा भएका बैंकका शाखाहरुमा उच्च सतर्कता अपनाउन भनिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्