काठमाडौँ । धेरैपछि काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस गरिएपछि अधिकांश कलेज तथा स्कुलहरुले बिहानी कक्षा स्थगित गरेका छन् ।
मंगलबार बिहान ६ः५० बजे नेपाल-चीन सीमाना तिब्बतको दिंगो कान्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्नेच्युडको भूकम्पको धक्का काठमाडौँसहित नेपालका प्रायः ठाउँमा महसुस गरिएको थियो ।
२०७२ साल सम्झाउने गरी भूकम्पको धक्का महसुस गरिएपछि मानिसहरुको भागाभाग भएको थियो । एकाबिहानै भूकम्पको ठूलो धक्का महसुस गरिएपछि काठमाडौँका विद्यालय/कलेजहरुले बिहानी कक्षा स्थगित गरेका छन् ।
लामो समयसम्म भुकम्पको धक्का महसुस गरिएपछि पुनः भूकम्प आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै बिहानी कक्षा स्थगित गरिएको शैक्षिक संस्थाहरुले जनाएका छन् ।