×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनिभर्सरीको ‘ह्याङ’ नसकिंदै फेरी बिग्रियो इसेवा, यो महिना तेश्रो पटक समस्या, सेवा अवरुद्ध हुने मामलामा रेकर्ड ब्रेक गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनिभर्सरीको ‘ह्याङ’ नसकिंदै फेरी बिग्रियो इसेवा, यो महिना तेश्रो पटक समस्या, सेवा अवरुद्ध हुने मामलामा रेकर्ड ब्रेक गर्दै

Artha Sarokar

१४ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेवा अवरुद्ध हुने मामलामा रेकर्ड ब्रेक गर्दै गरेको इसेवा यो महिना पुन: तेश्रो पटक बिग्रिएको छ । बिग्रंदा बिग्रंदा लाजै भएपछि बिग्रिएको जानकारी बेला बेला लुकाउने गरेको भए पनि यसपाली इसेवाले आफ्नो सेवामा समस्या आएको जानकारी दिएको छ । इसेवाले आफ्नो टीम सो समस्या समाधानका लागि लागि परेको एक सूचनामार्फत जानकारी दिएको छ ।
 
इसेवाले आफ्नो ‘खत्तम’ सेवाका कारण परेको असरका लागि प्रयोगकर्तासँग माफीसमेत मागेको छ । इसेवामा समस्या देखिएकाले धैर्यवान हुन आफ्ना सेवाग्राहीहरुलाई कम्पनीले अनुरोधसमेत गरेको छ ।
 
इसेवाले शनिबारमात्र आफ्नो १६औँ एनिभर्सरी मनाएको थियो । सो एनिभर्सरीकै कार्यक्रममा पनि इसेवाका कर्मचारीले केहि दिनपछि पुन इसेवामा समस्या आउने भन्दै भलाकुसारी गरेका थिए ।           

इसेवाको नेतृत्व हाल जगदीश खड्काले गरिरहेका छन् । उनी सीइओ भएपछि इसेवा सबैभन्दा बढी बिग्रीरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी