काठमाडौँ । विदेशी नागरिकले सगरमाथा चढ्न झण्डै २१ लाख रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ । सरकारले विदेशी आरोहीका लागि सगरमाथा चढ्दा लाग्ने दस्तुर बढाएसँगै अब विदेशी सगरमाथा चढ्न २० लाख ६९ हजार ६ सय ७६ रुपैयाँ तिर्नुपर्ने भएको हो ।
यसअघि विदेशी आरोहीका लागि सगरमाथा चढ्ने दस्तुर १५ लाख १७ हजार ६ सय ८० रुपैयाँ तिर्दै आएका थिए ।
पुष २४ गतेको मन्त्रिपरिषद् बैठकले पर्वतारोहण सम्बन्धी नियमावलीलाई छैटौँ पटक संशोधन गर्दै सलामी दस्तुर वृद्धि गरेको हो । यो नियम २०८२ भदौ १६ गतेदेखि लागू हुनेछ ।
दस्तुर कम हुँदा सगरमाथा चढ्नेहरु धेरै हुने र त्यही कारण सगरमाथामा अत्याधिक भीड लाग्नुका साथै धेरै फोहोरमैला हुन थालेपछी सरकारले सगरमाथा चढ्दा लाग्ने दस्तुर बढाउने निर्णय गरेको हो । सगरमाथा चढ्ने दस्तुरसँगै सरकारले पर्वतीय पथप्रदर्शक र उचाइमा जाने कामदारलाई आरोहण कम्पनीले दिने दैनिक भत्ता र बीमा लगायतका शुल्कमा पनि वृद्धि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्