काठमाडौँ । इटहरीमा नबिल बैंकका कर्मचारीलाई वडा अध्यक्षले धितो लिलामीका लागि स्वीकृति दिन अस्वीकार गरेका छन् । कर्जा नियमित नभएपछि धितो लिलामीका लागि वडाको स्वीकृति लिन पुगेका बैंकका कर्मचारीलाई इटहरी उपमहानगरपालिका-१ का अध्यक्ष रतन कार्कीले स्वीकृति दिन अस्वीकार गरेका हुन् ।
धितो लिलामीका लागि भन्दै स्वीकृति लिन पुगेका बैंकका कर्मचारीलाई अध्यक्ष कार्कीले स्वीकृति दिन अस्वीकार गरेका भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यता अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष कार्कीले धितो लिलामीका लागि स्वीकृति दिन आफूले अस्वीकार गरेको स्वीकारेका छन् । उनले बैंकको ऋण, कर्जा अनियमित भएको/नभएको तथ्य र लिलामी प्रक्रियाका विषयमा बुझ्नुपर्ने भन्दै तत्कालका लागि स्वीकृति दिन अस्वीकार गरेको बताएका छन् ।
‘उहाँहरु सिधै आएर स्वीकृति माग्न थाल्नुभयो । जो जतिबेला आएर स्वीकृति माग्यो, त्यहीबेला स्वीकृति दिनुपर्छ भन्ने पनि होइन होला ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष कार्कीले भने, ‘बुझ्न केही दिन समय दिनुस्, अहिले नै स्वीकृति दिन्न भनेको हूँ । अब आफ्नै वडाका जनताको विषयमा नबुझी स्वीकृति दिने कुरा पनि भएन नि, होइन ?’
अध्यक्ष कार्कीका अनुसार बैंकले लिलामी स्वीकृति लिन आएको धितोका धनीले आफूहरुले बैंकको कर्जा चुक्ता गर्न प्रयास गरिरहेको, पुष मसान्तभित्र कर्जा चुक्ता गर्ने र सो समयसम्म स्वीकृति नदिन भन्दै अनुरोधसहितको पत्र वडा कार्यालयमा बुझाएका छन् । यस्तो छ ऋणीले वडा कार्यालयमा दिएको पत्र:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्