काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकलाई निकास दिन प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताएका छन् ।
त्यस्तै, उनले राजालाई अभिभावकीय संस्था बनाउन र प्रदेश संरचना खारेज गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔँ, अभिभावकीय संस्थाको रुपमा राजालाई राखौँ, पूर्ण समानुपातिक संसद बनाऔँ, प्रदेश खारेज गरौँ र स्थानीय तहलाई दलविहीन बनाऔँ ।’, उनले भने, ‘त्यसपछि बल्ल देशको एउटा बाटो पाउँछ ।’
त्यस्तै, लिङदेनले भ्रष्टाचार जसले, जहिले गरेको भए पनि दण्डित हुने व्यवस्था सुचिश्चित गर्नुपर्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्