काठमाडौँ । दर्ता नभए नेपालमा फेसबुक, एक्सलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने भएको छ । सरकारले संसद्मा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।
योसँगै अब नेपालको कानून अनुसार अनुमति नलिए फेसबुक, इन्टाग्राम, ह्वाट्सएप, एक्स, भाइबर, स्काइप, स्न्यापच्याट लगायतका सामाजिक सञ्जाललाई नेपालमा प्रतिबन्ध लगाइने भएको छ ।
यो विधेयक संसदबाट पारित भएर ऐनको रुप लिएको ६ महिनाभित्र फेसबुकलगायतका सामाजिक सञ्जालले सामाजिक सञ्जाल विभागमा सञ्चालनका लागि अनिवार्य रुपमा दर्ता गर्नुपर्नेछ । अन्यथा, सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाइनेछ ।
त्यस्तै, नेपाल बाहिरबाट सञ्चालित सामाजिक सञ्जालहरुले अनिवार्य रुपमा नेपालमा सम्पर्क विन्दु व्यवस्था गर्नुपर्नेछ । साथै गुनासो संयन्त्रको व्यवस्था पनि गर्नुपर्नेछ । त्यसो नगरेमा उक्त सामाजिक सञ्जालमाथि सरकारले रोक लगाउन सक्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्