×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तका कर्मचारी सिधै ऋणीको घरमा जान नपाउने, फोन गरेर धम्काउन त झन् पाउँदै नपाउने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

लघुवित्तका कर्मचारी सिधै ऋणीको घरमा जान नपाउने, फोन गरेर धम्काउन त झन् पाउँदै नपाउने !

Artha Sarokar

२४ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा असुली गर्दा लघुवित्त वित्तीय संस्थालाई ऋणीमाथि ज्यादती नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त सञ्चालन मार्गनिर्देशन जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

योसँगै अब ऋणी समूह बैठक वा कार्यालयमा तीन पटकभन्दा बढी समय अनुपस्थित भए मात्रै लघुवित्तका कर्मचारी ऋणीको घरमा जान पाउनेछन् । अन्यथा, एकपटक किस्ता अनियमित भएमा र ऋणी बैठक वा कार्यालयमा अनुपस्थित भएकै आधारमा लघुवित्तका कर्मचारी ऋण असुलीका लागि भन्दै ऋणीको घरमा जान पाउने छैनन् । 

त्यस्तै, कर्जा असुलीका क्रममा लघुवित्तका कर्मचारीलाई ऋणीमाथि कुनै पनि किसिमको कठोर विधि नअपनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 

त्यस्तै, ऋणीमाथि धम्कीपूर्ण र अपमानजनक भाषा प्रयोग नगर्न, अनावश्यक रुपमा ऋणीलाई फोन नगर्न र ऋणीको परिवार, साथी तथा सहकर्मीको अपमान हुने कुनै पनि गतिविधि नगर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । 

मार्गनिर्देशनमार्फत राष्ट्र बैंकले लघुवित्तमार्फत प्रवाह भएका कर्जा सदुपयोग भएको छ वा छैन भन्ने पनि अनुगमन गर्न निर्देशन दिएको छ । अनुगमनका क्रममा कर्जा सही प्रयोजनमा प्रयोग नभएको भेटिए ऋणीलाई कर्जाको सही सदुपयोगका लागि अभिप्रेरित गर्नुपर्ने र ऋणीले कर्जाको किस्ता र ब्याज भुक्तानीका लागि प्रयोग गरेको नगदको स्रोतको अनुगमन गर्नुपर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी