×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ महिनामै नेपाल भित्रियो झण्डै ३५ करोडको लेज र कुर्कुरे 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

६ महिनामै नेपाल भित्रियो झण्डै ३५ करोडको लेज र कुर्कुरे 

Artha Sarokar

१७ माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो ६ महिनामा झण्डै ३५ करोड मूल्य बराबरको लेज र कुर्कुरे आयत गरिएको छ । 

चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुषसम्म)मा नेपालमा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँको लेज, कुर्कुरे र कुर्मुरे आयात गरिएको हो । 

उक्त मूल्यको लेज, कुर्कुरे र कुर्मुरे ६ लाख ७१ हजार १ सय ९४ किलो तौलको रहेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त मूल्य बराबरको लेज, कुर्कुरे र कुर्मुरेको आयात हुँदा २१ करोड ८१ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । 

नेपाल आयात गरिएका लेज, कुर्कुरे र कुर्मुरेहरु भियतनाम, टर्की, मेक्सिको, मलेसिया, दक्षिण कोरिया र भारत लगायत ९ मुलुकबाट आयात भएको छ । जसमध्ये सबैभन्दा भारत, मलेसिया र दक्षिण कोरियाबाट आयात भएको विभागले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी