काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जका लागि नयाँ आवेदन नखुलाउने भएको छ । बोर्डले यसअघि नै आवेदन दिएका कम्पनीमध्ये एउटालाई लाइसेन्स दिने भएको हो ।
यसअघि नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बोर्डमा हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्जले आवेदन दिएका थिए । तीमध्ये नै एउटा कम्पनीलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी बोर्डले गरेको हो ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउने विषयमा बोर्ड सञ्चालक समितिको आगामी बैठकले निर्णय गर्नेछ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८० बैशाखमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया तत्काल रोक्ने निर्णय गरेको थियो । तर, पुष ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना गर्ने र नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको र सो निर्णय अर्थ मन्त्रालय हुँदै बोर्डमा पुगेपछि थप प्रक्रिया अघि बढाइने भएको छ ।
योसँगै अब आवेदन दिएका तीन कम्पनीमध्ये एउटालाई छनौट गर्ने प्रक्रिया अघि बढ्नेछ । तीन कम्पनीहरुको निवेदन र विस्तृत कार्यायोजना मूल्यांकन गर्न यसअघि नै एक समिति गठन भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्