×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोल र डिजेलको मूल्य महँगियो 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पेट्रोल र डिजेलको मूल्य महँगियो 

Artha Sarokar

१७ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ ।

निगमले मंगलबार रातीदेखि १२ बजेदेखि लागू हुनेगरि डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

योसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १६३ रुपैयाँ तोकिएको छ । दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १६२ रुपैयाँ तोकिएको छ भने काठमाडौँ र दिपायल क्षेत्रमा डिजेल लिटरको १५३ रुपैयाँ पर्नेछ । 

त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा डिजेलको प्रतिलिटर १५२ रुपैयाँ तिर्नुपर्नेछ । अन्य क्षेत्रमा भने डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने आन्तरिकतर्फ दुई र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले घटाएको निगमले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी