काठमाडौँ । पोखरा फाइनान्सले मर्जरमा जाने तयारी गरेको छ । बैंकको संचालक समितिका एक सदस्यका अनुसार मर्जरका लागि हाल दुई बैंकसँग छलफल भइरहेको छ । जसमध्ये देशकै ठूलो मध्येको एक बैंकसँग विस्तृतमा कुरा भइसकेको छ ।
संस्थाले वाणिज्य बैंकसँग मर्जको प्रारम्भिक छलफल अगाडि बढाउने विषयमा संचालकहरु एक भइसकेका छन् । ‘हाल दुई बैंकसँग कुरा भइरहेको छ । एक बैंकसँग सहमति नजिक छौँ ।’ बैंक स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘सम्भवतः धेरै संस्थाहरु प्राप्ति गरिसकेको बैंकले पोखरा फाइनान्सलाई अक्वायर गर्नेछ ।’
ती संचालकका अनुसार डिडिए गरेर स्वाप रेसियोबारे थप छलफल गर्ने वा एउटा बिन्दुमा सहमति गरेर अघि बढ्ने विषयमा छलफल भइरहेको छ । संस्थाको हालको चुक्तापुँजी १ अर्ब ८ करोड छ भने निक्षेप ११ अर्ब रहेको बताइएको छ । फाइनान्सको कर्जा ८ अर्बभन्दा माथि छ ।
मर्जरका विषयमा दुबै बैंकसँग केही राउन्ड कुरासमेत भइसकेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्