Skip to content
LAXMI SUNRISE BANK

सुबास भट्टराईले ‘सिद्धार्थ बैंकलाई घोटाला गरेर टाँट पल्टाइए तपाईं र म दुबै नर्क जान्छौँ’ भनेपछि निन्याउरो देखिए अध्यक्ष 

अर्थ सरोकार

काठमाडौँ । आइतबार सिद्धार्थ बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न भइको छ । काठमाडौँमा एक कार्यक्रमका बीच बैंकको साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभामा सेयर बजारका लगानीकर्ता सुबासचन्द्र भट्टराईले पनि मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा भट्टराईले ‘सिद्धार्थ बैंकलाई घोटाला गरेर टाँट पल्टाइए तपाईं र म दुबै नर्क जान्छौँ’ भनेपछि बैंकका अध्यक्ष मनोज कुमार केडिया निन्याउरो देखिएका थिए । 

सेयर तालिम दिने क्रममा आफूले भविष्यका लागि सिद्धार्थ बैंकको सेयर किन्नु भनेर भन्ने गरेको बताउँदै घोटाला गरेर बैंक टाँट पल्टाइए दुवैजना नर्क जाने बताएका छन् । 

‘मैले सेयर पढाउँदा विद्यार्थीहरु सबै, जसले मलाई चाहन्छौ, भविष्यसम्म समृद्ध बन्न चाहन्छौ भने सिद्धार्थ बैंक किन्नुपर्छ भनेर भनेको कम्पनी हो ।’, भट्टराईले भनेका छन्, ‘यदि घोटाला गरेर तपाईंहरुले टाँट पल्टाउनु भयो भने म पनि नर्क जान्छु, तपाईंहरु पनि सँगसँगै नर्क जानुहुन्छ ।’ 

भट्टराई बैंकको साधारण सभाको रोस्टममा उभिएर यति भनिरहँदा स्टेजमा बसेका अतिथिसँगै सभामा उपस्थित सेयरधनीहरु हाँसेका थिए । तर, बैंकका अध्यक्ष केडिया भने निन्याउरो मुख लगाएर बसेका थिए । 

बैंकका अध्यक्ष केडियाविरुद्ध राष्ट्रिय वन क्षेत्रको अवैध उत्खनन् गरेको आरोपमा जिल्ला अदालत पाल्पामा अभियोगपत्र दायर भएको छ । सो अभियोगपत्रमा उनी फरार सूचीमा छन् । उनी त्यसअघि पनि पक्राउ परिसकेका थिए । श्रीमतीसमेतको लगानी रहेको वि.एस सिमेन्ट उद्योग विरुद्ध राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरेको अभियोगमा मुद्दा चलेपछि केडिया फौजदारी अपराध कसुरमा पक्राउ परेका थिए । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK