Skip to content
LAXMI SUNRISE BANK

कृषि बिकास बैंकका हाकिमलाई यस्तो कुबुद्धि कहाँबाट पलाउँछ ? (गजल)

सुरज प्याकुरेल

कृषि बिकास बैंक आजकल अनौठो फण्डा चलाउँछ
ठुला ऋणीले ऋण नतिर्दा ज्युज्यु, सानालाई लिलामीको डण्डा चलाउँछ

मिल्दै नमिल्ने ऋण दिएथे सिइओले, अनि जागिरको बक्सिस लिएथे सिइओले
आफ्नालाई काखी च्यापेर कठै, किशानलाई बाटोमा ढलाउँछ

इपिएस झुटो छापेर सेयर बजार खेल्न हाकिमसापलाई सिकाउनुपर्दैन
जनताको पैसामा यस्तो मनपरी गर्ने कुबुद्धि खै कहाँबाट पलाउँछ ?

घोटाला, भ्रष्टाचार र मनपरी बेहिसाब छन्, बेहिसाब हजुर
अनि ऋणीले हाकिमको पुत्ला नजलाएर, यो मन्दीमा के जलाउँछ र?

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK