काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिन नमिल्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेकोले कसैलाई मृत्युदण्डको सजाय दिन नमिल्ने बताएका छन् ।
आइतबार संसदमा भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तरका क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो विषय उठाएका थिए ।
उनले देशमा ठूलाठूला भ्रष्टाचार र मानवअधिकारको उल्लंघन गर्नेलाई मृत्युदण्डको सजाय दिने कानूनी व्यवस्था बनाइनुपर्ने उल्लेख गरेका थिए । सांसद सुवालको यही विषयमा आफ्नो जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यो सम्भव नभएको बताएका छन् ।
नेपाल मृत्युदण्ड उन्मुलन गर्ने उद्देश्यले व्यवस्था भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्रको दोस्रो स्वेच्छिक प्रोटोकल, १९८९ को नेपाल पक्षराष्ट्र समेत रहेको हुँदा भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न नमिल्ने उल्लेख गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्