काठमाडौँ । अण्डाको मूल्य फेरि बढ्ने भएको छ । खपत बढेसँगै मंगलबार (माघ २२ गते) देखि कुखुराको अण्डाको मूल्य बढ्ने भएको हो ।
बजारमा अण्डाको मूल्य बढाउने निर्णय भएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलले बताएका छन् । पछिल्लो केही महिनायता बजारमा कुखुराको अण्डाको खपत ह्वात्तै बढेपछि अण्डा उत्पादकहरुको बैठकले मूल्य बढाउने निर्णय गरेको पोखरेलले बताएका छन् । बढेको मूल्य मंगलबारदेखि लागू हुनेछ ।
पोखरेलका अनुसार अब अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँदेखि अधिकतम ३० रुपैयाँका दरले बढ्नेछ । हाल ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स-एल अण्डा तीन सय ८५ रुपैयाँ रहे पनि भोलिदेखि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स-एल अण्डा चार सय १५ रुपैयाँ पर्ने भएको छ ।
यो किसानले पाउने मूल्य हो । किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढ्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्