काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षा अर्को साता सार्वजनिक गर्नेगरी तयारी रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्र बैंकले आवश्यक तयारी लगभग सकिसकेको छ ।
मौद्रिक नीतिको यो समीक्षा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम समीक्षा हुनेछ । गभर्नर अधिकारीको कार्यकाल चैत २५ गते सकिँदैछ । गभर्नर अधिकारीको कार्यकालको अन्तिम समीक्षा रहेको यो मौद्रिक नीतिको समीक्षाप्रति निजी क्षेत्र तथा सेयर लगानीकर्ताहरुको ठूलो अपेक्षा गरेका छन् ।
अर्थतन्त्र पूर्ण रुपमा गतिशील नभइरहेको अवस्थामा मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र चलायमान गर्न र वित्त क्षेत्र सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।