काठमाडौँ । ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाउने निर्णय सच्याउन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आग्रह गरेको छ । शुक्रबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पत्र लेख्दै इप्पानले निर्णय सच्याउन आग्रह गरेको हो ।
नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासन गर्न नदिने समितिको निर्णयका कारण मर्कामा परेको इप्पानको भनाई छ ।
इप्पानले सोही निर्णयका कारण जलविद्युत कम्पनीहरु पूँजी जुटाएर आयोजना अगाडि बढाउनबाट बञ्चित भएको पत्रमा उल्लेख गरेको छ । सोही कारण उक्त निर्णय सच्याउन इप्पानले लेखा समितिलाई आग्रह गरेको इप्पानका एक अधिकारीले बताएका छन् ।
सार्वजनिक लेखा समितिले डुबेका कम्पनीहरुले समेत आईपीओ निकाल्न थालेपछी ९० भन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ निष्कासनमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार समितिले नेपाल धितोपत्र बोर्डलाई पनि निर्देशन दिइसकेको छ । समितिको निर्देशनपछि बोर्डले पनि ९० भन्दा कम नेटवर्थ भएका दुई दर्जन कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन ।
समितिको निर्देशनका कारण आईपीओ निष्कासन गर्न नपाएपछि हाइड्रो व्यवसायीहरु तनावमा परेका छन् । सो निर्णयविरुद्ध उनीहरु कहिले शक्तिकेन्द्र धाउने र कहिले नेताहरुलाई बिन्ती बिसाउने गरिरहेका छन् । यहीबीच इप्पानले सार्वजनिक लेखा समितिलाई निर्णय सच्याउन आग्रह गरेको छ । घुमाउरो पारामा घुसको अफरसमेत गरिएको इप्पानका एक अधिकारीले दाबी गरेका छन् । ‘समितिको निर्देशनले हाइड्रो व्यवसायी मर्कामा छन् । दर्जन बढी कम्पनीको आईपीओ रोकिँदा झन् मर्का झन् थपिएको छ ।’, ती अधिकारीले भने, ‘सहजै रुपमा निर्णय सच्चिए विवाद नै सक्कियो, नभएर घुमाउरो पारामा घुसको अफर पनि गरिएको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्