Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ बन्यो विश्वकै चौथो प्रदूषित सहर, पहिलो कुन ? 

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार बिहीबार काठमाडौँ विश्वकै चौथो प्रदूषित सहर बनेको हो । 

बिहीबार मध्यान्हमा काठमाडौँमा वायुको गुणस्तर १६७ आईक्यू एयर मापन गरिएको छ । 

काठमाडौँ उपत्यका वरपरका क्षेत्रमा डढेलो लागेसँगै वायुको गुणस्तर बिग्रिएको विज्ञहरुको भनाई छ । यही कारण बिहीबार काठमाडौँ विश्वको चौथो प्रदूषित सहर बनेको हो । 

बिहीबार विश्वका प्रदूषित सहरमध्ये भियतनामको हनोई पहिलो नम्बरमा छ भने बंगलादेशको ढाका दोस्रो स्थानमा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK