काठमाडौँ । खसी भनेर बाख्राको मासु बेच्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका- १३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन् ।
अन्सारीलाई बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर खसीको मासु भन्दै बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बाख्राको मासुलाई खसीको भन्दै बेच्ने गरेको भन्ने सूचनाका आधारमा अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँस्ने र बाख्राको मासुलाई खसीको मासु भन्दै बिक्री गर्दै आएको पाइएको छ ।
उनको वीरगञ्ज महानगरपालिका- १३ प्रतिमा चोकमा आसिम फ्रेस हाउस छ । सोही फ्रेस हाउसमा उनले खसीको भन्दै बाख्राको मासु बेच्दै आएका थिए । हाल उनीविरुद्ध कालोबजारी कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्