Skip to content
LAXMI SUNRISE BANK

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न सांसदहरुको माग 

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले सम्पूर्ण मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारमा सहभागी दलका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकार बनेको लामो समय भइसक्दा पनि मन्त्रिहरुले सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै विवरण सार्वजनिक गर्न माग गरेका छन् । 

उनले मुलुकमा भएका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न पनि सांसद साहले माग गरेका छन् । 

त्यस्तै, प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य सांसदहरुले समेत सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् । मंगलबारको प्रतिनिसभाको बैठकमा सांसदहरुले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भष्ट्राचार लगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK