Skip to content
LAXMI SUNRISE BANK

प्ले स्टोरबाट हराएपछि पे टाइम डिजिटल वालेटको लाइसेन्स खारेज, बिग्रिरहने इसेवा पनि राष्ट्र बैंकको निगरानीमा !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइमको लाइसेन्स खारेज गरेको छ । २०७६ भदौ १९ गते भुक्तानी सेवा प्रदायकको रुपमा लाइसेन्स लिएको उक्त वालेटको लाइसेन्स राष्ट्र बैंकले शुक्रबार खारेज गरेको हो । 

वालेटले लामो समयदेखि सेवा बन्द गरेको, प्ले स्टोरबाट हराएकोसँगै संस्थागत सुशासनमा साह्रै कमजोर रहेको निष्कर्ष निकाल्दै लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । 

लाइसेन्स खारेज गरेसँगै राष्ट्र बैंकले पे टाइमलाई ग्राहकसँगको केही लेनदेन बाँकी भए आगामी ३० दिनभित्र मिलाउन पनि निर्देशन दिएको छ । 

त्यस्तै, राष्ट्र बैंकबाट दिइएका निर्देशनहरुको कार्यान्वयनका लागि प्रतिबद्धता अनुसार कार्य अघि नबढाएको भन्दै भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ को दफा १३ (४) अनुसार नवीकरण नगरिएको पनि राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

यता नेपाल पे टाइमको लाइसेन्स खारेज भएपछि बिग्रिरहने इसेवा पनि राष्ट्र बैंकको निगरानीमा परेको छ । केही समयअघि इसेवा पनि प्ले स्टोरबाट गायब भएको थियो । त्यसयता इसेवामा अनेक समस्या देखिइरहेका छन् । कहिले वालेट नै नचल्ने, ट्रान्जेक्सन नहुने, भए पनि पछि आफैँ क्यान्सिल हुने, एयरलाइन्स टिकट आफैँ रद्द हुने वा बिहानको टिकट काट्दा बेलुकाको काटिने लगायतका समस्या इसेवामा देखिँदै आएको छ । अझ पछिल्लो समय इसेवामा ग्राहकको पैसा चोरी हुने समस्या झन् बढी देखिन थालेको छ । 

इसेवा अत्याधिक बिग्रिन थालेपछी र ग्राहकको गुनासो बढ्न थालेपछी राष्ट्र बैंकले इसेवालाई निगरानीमा राखेको स्वयम् राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK