काठमाडौँ । सुडान विश्वकै सबैभन्दा धेरै भ्रष्टाचार हुने देश बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सूचकाङ्क अनुसार विश्वमै सबैभन्दा बढी भ्रष्टाचार हुने देशहरुको सूचीमा साउथ सुडान अग्र स्थानमा देखिएको हो ।
साउथ सुडानले कुल १०० मा जम्मा ८ अंक प्राप्त गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार सूचकाङ्कमा १०० अंकको अर्थ अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ । त्यस्तै, विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ । डेनमार्कले कुल १०० अंकमा ९० अंक प्राप्त गरेको छ । पछिल्लो ७ वर्षदेखि डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमध्ये एक नम्बरमा रहँदै आएको छ ।
ट्रान्सपरेन्सीले १८० देशमा गरेको सर्वेक्षणमा नेपाल १०७औँ स्थानमा छ । नेपालले कुल १०० मा ३४ अंक मात्रै प्राप्त गरेको छ । यसले नेपालमा भ्रष्टाचारविरुद्ध प्रभावकारी कानून बनाएर कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने देखाउने जानकारहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्