काठमाडौँ । सर्वोच्च अदालतले विशेष ऐनद्वारा सञ्चालित बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने फैसला गरेको छ । स्वावलम्बन विकास बैंकले दायर गरेको रिटमाथि फैसला गर्दै अदालतले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐनका प्रावधान आकर्षित नहुने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह, राउत, न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, बिनोद शर्मा, शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले स्वावलम्बन विकास बैंकले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐनका प्रावधान लागू हुने यसअघिको श्रम अदालतको फैसला बदर गर्न माग गर्दै दायर गरेको रिट जारी गरेसँगै यो विवादको पनि अन्त्य भएको छ ।
यसअघि सर्वोच्च अदालतले बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन लाग्ने र नलाग्ने दुईथरी व्याख्या गरेको थियो । दुईथरी व्याख्या भएको भन्दै सर्वोच्च अदालतकै दुई जना न्यायाधीशहरूले यो विवादलाई वृहत पूर्ण इजलासबाट सुनुवाइ गरेर टुङ्गो लगाउन आदेश दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्