काठमाडौँ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित बसन्त श्रवण गरेर मनाइन्छ । र यसवर्ष पनि आजको दिन विभिन्न कार्यक्रम गरेर विशेष रुपमा मनाइँदैछ ।
आजकै दिन सरस्वतीको मन्दिरमा विद्यार्थीको घुइँचो लाग्छ र आजकै दिन अभिभावकहरुले साना बालबालिकाहरुलाई अक्षरारम्भ गराउने चलन पनि छ ।
सरस्वती पूजाको दिन बालबालिकालाई अक्षरारम्भ गराउँदा विद्या आउने विश्वास रही आएको छ । सोही विश्वास र चलन अनुसार काठमाडौँको स्वयम्भूस्थित सरस्वती मन्दिरमा अक्षरारम्भ गराउनेहरुको भीड लागेको छ ।
सोमबार बिहानैदेखि स्वयम्भूको सरस्वती मन्दिरमा बालबालिका र अभिभाकहरुको भीड लागेको छ । बालबालिकाहरुले मन्दिरको भित्तामा अक्षर लेखेर अक्षरारम्भ गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्