काठमाडौँ । काठमाडौँमा ट्रकमा भेटिएको २५ करोड रुपैयाँ चीनतर्फ तस्करी गर्दै गरेको खुलासा भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त ट्रक रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो ।
२५ करोड रुपैयाँ बराबरको युरो र अमेरिकी डलरसहित ना ७ ख १६५२ नम्बरको ट्रक प्रहरीले काठमाडौँको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट समातेको थियो ।
ट्रकसँगै प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पनि पक्राउ गरेको छ । भोटेकोशी गाउँपालिका १ का लामाले सिटको पछाडि फल्स बटम बनाएर उक्त रकम तस्करी गर्दै गरेको प्रहरीले जनाएको छ ।
यसो त डलर तस्करी आरोपमा पक्राउ परेका लामा यसअघि सुन तस्करी प्रकरणमा ५ वर्ष जेल बसेर छुटेको पनि प्रहरीले जनाएको छ । ७ किलो सुनसहित कलंकीबाट पक्राउ परेका लामा २०७८ सालमा जेलबाट छुटेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्