Skip to content
LAXMI SUNRISE BANK

सार्वजनिक लेखा समितिमा धितोपत्र बोर्डसँग सम्बन्धित ५ उजुरी

अर्थ सरोकार

काठमाडौँ । सार्वजनिक लेखा समितिमा नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित पाँचवटा उजुरी परेका छन् । ऐनविपरीत कानूनको अपव्याख्या गरेर सेयर निष्कासन गर्न दिएर भ्रष्टाचार गरेको भन्दै बोर्डविरुद्ध लेखा समितिमा उजुरी परेका हुन् ।

धितोपत्र बोर्ड र बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरीत अख्तियारको दुरुपयोग गरेर बीमा कम्पनीलाई प्रिमियममा आईपीओ निष्कासन गर्न दिएर भ्रष्टाचार गरेको भन्दै छानबिन गरी कारवाहीको माग गरिएको छ । 

त्यस्तै, अन्नपूर्ण केबलकार लिमिटेडको आईपीओ निष्कासन गर्नका लागि सहजीकरण गर्न, बुक बिल्डिङ विधिबाट जारी गरिएको सर्वोत्तम सिमेन्टको आईपीओ रोक्न र सरकारले दिएको कर छुटबापतको रकम फिर्ता गर्न भन्दै समितिमा उजुरी परेको छ । 

अर्कोतर्फ ९० नेटवर्थका नाममा आईपीओ रोक्ने काम गलत भएको भन्दै नेटवर्थ भन्दा कम्पनीको व्यवसाय र भविष्यका आधारमा आईपीओ निष्कासन गर्न अनुमति दिन माग गर्दै लेखा समितिमा उजुरी परेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK