काठमाडौँ । भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा संलग्न ९ जना पक्राउ परेका छन् । राजावादीको आन्दोलनका क्रममा भाटभटेनी प्रवेश गरेर सामान लुट्ने ९ जना पक्राउ परेका हुन् ।
उनीहरुलाई लुटपाट भएको सामानसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर घर भई हाल काठमाडौँको कोटेश्वर–३२ बस्ने आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ घर भई हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो, भारत देश बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ घर भइ कोटेश्वर बस्ने सुशिला कुमाल रहेका छन् ।
त्यस्तै, सुनसरीको धरान घर भई हाल काठमाडौँ कोटेश्वर ३२ बस्ने एलिसा राई, कोटेश्वरको नरेफाँट बस्ने बालकुमारी कार्की, सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–८ घर भघ हाल कोटेश्वर बस्ने निर्मला कार्की, सिन्धुली तीनपाटन घर भई हाल कोटेश्वर बस्ने चित्र माया बस्नेत र सिन्धुली तीनपाटनकै चित्र माया बस्नेतलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुका साथबाट भाटभटेनीबाट लुटेर लगेका सामानसमेत बरामद गरिएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरीवृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्