Skip to content
LAXMI SUNRISE BANK

एसइई परीक्षामा जिपिएका आधारका पुरस्कार, ४ जिपिए ल्याउनेलाई ककनी गाउँपालिकाले १ लाख दिने !  

अर्थ सरोकार

काठमाडौँ । ककनी गाउँपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एक सूचना जारी गर्दै गाउँपालिकाले यसवर्षको एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई सो रकम बराबरको पुरस्कार दिने घोषणा गरेको हो ।

त्यसका साथै गाउँपालिकाले जिपिएका आधारमा पुरस्कार रकम पनि तोकेको छ । 

जसअन्तर्गत गाउँपालिकाले ३.९ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार र ३.८ जिपिए ल्याउने विद्यार्थीलाई २० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । त्यसबाहेक ३.७ जिपिए ल्याउने विद्यार्थीलाई १५ हजार र ३.६ जिपिए ल्याउने विद्यार्थीलाई १० हजार दिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको यस्तो घोषणाले एसइईको परीक्षामा गाउँपालिकाबाट सहभागी विद्यार्थीको नतिजा राम्रो आउनुका साथै आगामी शैक्षिक यात्राका लागि प्रोत्साहन हुने विश्वास गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK