काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुलाई खराब साहुका रुपमा टिप्पणी गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजबाट सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैंकहरुलाई खराब साहुका रुपमा टिप्पणी गरेका हुन् ।
उनले बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गर्ने गरेको बताएका छन् ।
भन्ने बेलामा बैंकहरुले खराब ऋणी भन्ने गरे पनि त्यहाँ ऋणी खराब नभएर साहु खराब हुने भन्दै ओलीले बैंकहरुलाई खराब साहुका रुपमा टिप्पणी गरेका छन् । अप्ठ्यारोमा परेका बेला ऋणीलाई सहयोग गरेर अगाडि बढाउने ठाउँमा उल्टै घाँटी निचोर्ने काम बैंकहरुले गर्ने ओलीले बताएका छन् ।
कोही ऋणी पनि भएर ऋण नतिरेर डुब्न नचाहने भन्दै प्रधानमन्त्री ओलीले अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गरेर र तरिका मिलाएर ऋण असुली गर्न पनि सुझाव दिएका छन् ।
त्यस्तै, पछिल्लो समय व्यवसायीहरु समस्यामा परे भने बैंकहरुको ध्यान हतार हतार ऋण असुली गर्नतर्फ नै केन्द्रित हुने भन्दै त्यस्तो व्यवहार नगर्न पनि प्रधानमन्त्री ओलीले बैंकहरुलाई आग्रह गरेका छन् ।