×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, झुठा विवरण बुझाएर नियुक्ति लिएको आरोप ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बीमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी, झुठा विवरण बुझाएर नियुक्ति लिएको आरोप ! 

Artha Sarokar

२६ फाल्गुन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि झुठो विवरण पेश गरेको भन्दै ओझाविरुद्ध अख्तियारमा उजुरी परेको हो । 

ओझाले बीमा प्राधिकरणको अध्यक्ष बन्न कार्यअनुभवको झुठो विवरण पेश गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख गरिएको छ ।

उनलाई मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो । तर, ओझाले सरकारलाई ढाँटेर नियुक्ति लिएको उजुरीमा दाबी गरिएको छ । 

त्यस्तै, अध्यक्ष ओझासँग बीमा ऐनमा उल्लेख गरिएको अध्यक्ष बन्न चाहिने बैंक, वित्त, बीमालगायतका क्षेत्रमा आवश्यक पर्ने अनुभव पनि नरहेको उजुरीमा उल्लेख छ । यही कारण झुठा विवरण पेश गरेर अध्यक्षको बनेका ओझामाथि छानबिन गरी तत्काल कारवाही गर्न उजुरीमा माग गरिएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी