काठमाडौँ । सोमबार दिउँसो करिब २ घण्टा डाउन भएको इसेवा पुनः सुचारु भएको छ । इसेवा प्लेटफर्म डाउन हुँदा सोमबार दिउँसो करिब २ घण्टा इसेवाको सबै सेवा अवरुद्ध भएको थियो ।
दिउँसो एकाएक इसेवा प्लेटफर्म नै डाउन हुँदा इसेवा लगइन नखुल्ने, खुले पनि लगइन नहुने समस्या देखिएको थियो ।
करिब २ घण्टा डाउन हुँदा अवरुद्ध भएको इसेवाको सेवाहरु पछि पुनः सुचारु भएको थियो । तर, इसेवामा यति ठूलो समस्या आउँदा पनि इसेवामा सोमबार एउटा सामान्य सूचना समेत निकालेन ।
यसो त इसेवाले विगतमा सामान्य समस्या आउँदा पनि सो को जानकारी फेसबुक लगायतका सामाजिक सञ्जालमा गराउने गर्थ्यो । यतिसम्म की केही महिनाअघि मात्रै इसेवाले एक हप्तामै तीन-तीन पटकसम्म इसेवामा समस्या देखिएको र सेवा पुनः सुचारु भएको सूचना सार्वजनिक गरेको थियो ।
तर, बारम्बार बिग्रिन थालेपछी र प्रयोगकर्ताहरुले हदैसम्मको गाली गर्न थालेपछी इसेवाले यसपटक भने कुनै पनि सूचना ननिकालेको हो । यसो त इसेवाले सूचनाको ग्राफिक्स बनाउन छुट्टै मान्छे नै राखेको चर्चा समेत यसअघि चलेको थियो । तर, सूचना राख्दा गाली खाने डरले सोमबार इसेवामा सामान्य सूचना समेत ननिकालेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्