काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले कर नतिरेको पाइएको छ । पूर्वसांसद समेत रहेका दुगडले दुगड एसियन केमिकल कम्पनीको आयकर नतिरेको पाइएको हो ।
दुई वर्षदेखि कर नतिरेको भन्दै दुगडको नामसहित आन्तरिक राजस्व कार्यालयले सूचना नै सार्वजनिक गरेको छ ।
राजस्व कार्यालयका अनुसार दुगडको ह्यारिसन प्यालेस र एसियन केम प्रालिले मूल्य अभिवृद्धि कर नतिरेको पाइएको छ । तर, सूचना प्रकाशित गरेपछि ह्यारिसन प्यालेसको कर भने तिरिएको बताइएको छ । बुझाइएको र बुझाउन बाँकी राजस्वको रकम भने खुलाउन नमिल्ने आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
दुगडलाई ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहका नियुक्त गरेका थिए । त्यस्तै, दुगडसँगै कार्यालयले कर दाखिलाका लागि भन्दै १०१ व्यावसायिक फर्म र कम्पनीको नाममा फागुन २०९ गते १५ दिने सूचना निकालेको थियो । यता मोतीलाल दुगडले भने कर तिर्न केही ढिलो हुँदा कार्यालयले सूचना निकालेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्