×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमानलाई ‘जिरो’ अंक दिने उर्जामन्त्रीलाई कति अंक दिने ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुलमानलाई ‘जिरो’ अंक दिने उर्जामन्त्रीलाई कति अंक दिने ? 

Artha Sarokar

२१ फाल्गुन २०८१, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । दशा कुलमानलाई लागेको हो कि, सरकारलाई थाहा छैन । देशमा दशा बिग्रेर फेरी लोडसेडिङ गराउन माफियाहरु सक्रिय भएको भान हुनेगरी कुलमानलाई हटाउन सरकार हात धोएर मात्र होइन, हात गोडा सबै धोएर लागेको छ । तर, यसरी हात गोडा सबै धोएर लाग्दा सरकार नाङ्गिएको भेउ सरकारले पाएको छैन ।    

कुलमान हटाउन सरकारलाई यतिसम्म मरिहत्ते छ कि मानौँ, कुलमान हटे देशका सबै समस्या एकै रातमा सुल्झिन्छ । अझ हाइड्रो व्यापारी हुँदै मन्त्री भएका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का त झन् कुलमानको पछि यसरी लागेका छन्, मानौँ, उनको समस्या समस्याको समाधान भनेकै कुलमान हटाउनु हो । र त स्पष्टिकरण मागेर हुन्छ कि जिरो अंकका नाममा उनको बदनाम गरेर सरकार कुलमानको विपक्षमा देखिएका छ ।   

कुलमान हटाउन उर्जामन्त्री खड्काले जति मेहेनत गरे, त्यति मेहेनत त एउटा लद्दु विद्यार्थीले पढ्न गर्यो भने कलेज टप गर्छ । घरी,  निगरानी गर्न भन्दै कुलमानकै गैर हाजिरीमा प्राधिकरणमा मन्त्रीको कार्यकक्ष बनाएको छ, घरी सत्ता र शक्तिको दम्भ देखाएर उर्जामन्त्रीले कुलमानलाई स्पष्टीकरण सोधेको छ । यतिसम्म त पावरको दुरुपयोग भएकै थियो, अव त हुँदा हुँदा कुलमानलाई जिरो अंक दिएर अंककै मजाक उडाएका छन् मन्त्रीले  ।

हुन त राम्रो काम गर्ने मान्छेलाई अंक दिए पनि, नदिए पनि वा जिरो अंक दिए पनि केही फरक पर्दैन । काम भन्दा गफ बढी गर्ने सरकार र सरकारका मन्त्रीले जानेकै त्यत्ति हो, त्यही गरे । यहाँ नम्बर पाउने भन्दा दिनेको बेइज्जत भएको छ भन्ने कुरा यिनीहरुले अहिले त के अर्को जुनीमा पनि मान्न तयार हुँदैनन्  । किनकी, यिनलाई आफ्नो लाज जोगाउनु भन्दा भविष्यमा चुनावका बेला पाइने ढेवा जोगाउनु छ, कुलमानलाई हटाउँदा नाफा हुनेको पोल्टोबाट जिनिस निकाल्नु छ । होइन भने, सारा नेपालीले ठिक मानेको कुलमानलाई शून्य अंक दिएर हदैसम्मको अपमान गर्नुको के फाइदा ? के नियत ? जनताले बुझेका छैनन् र ।  

कुलमानले जिरो अंक पाउने भए उर्जामन्त्रीले कति नम्बर पाउने ? मन्त्रीका बेहिसाब विवादहरु सतहमा आएको कुरा अहिले सामान्य हाइड्रो कम्पनीको पियनलेसमेत थाहा पाएको छ । र कुलमान जनताका हिरो हुन् भन्ने तथ्य घाम जतिकै छर्लंग छ । तर कुलमान एमाले वा कांग्रेस नभएकै कारण, वा विद्युत प्राधिकरणमा आफ्नो मान्छे ल्याउन खोजेकै कारण, सरकारले कुलमानले गरेको काम खेदजनक छ ।

बुझ्न गाह्रो छैन, अहिले कुलमान हटे भने विद्युतको महशुल नतिर्ने, राज्यलाई ठगिरहनेको घरमा दिपावली हुन्छ । उनीहरुले मन्त्रीलाई यहि काम अर्हाएका छन् भन्ने शंका गर्न पनि गाह्रो छैन । स्वार्थको द्वन्द हुने गरी उर्जा व्यापारी मन्त्री हुँदा देखिने चित्र त यस्तै होला, तर कुलमानप्रति गरिएको व्यवहार ठिक भएन, हुँदै भएन ।

यसको अर्थ कुलमानका गल्ती कमजोरी छैनन् भन्ने होइन । मान्छे हो, मान्छेबाटै गल्ती हुन्छ । तर जिरो अंक दिनुपर्ने खालका मान्छे उनी हुँदै होइनन् । पैसा आउने नियामकका मान्छेले जे गरे पनि हिरो, अनि राज्यलाई धनी बनाउँछु, व्यापारीले बत्ती बाले पैसा तिरेनन्, म उठाउँछु भन्ने मान्छे जिरो अंकको लायक हुन्छ र ? अनि कुलमान जतिको मान्छेको जिरो आउँछ भने उर्जामंत्रीलाई माइनस कति दिने ? माइनस हजार ? माइनस दश हजार ? कि माइनस एक लाख ? अहँ कुलमानले जिरो पाउँदा त उर्जामन्त्री माइनस करोडको पनि लायक छैनन् होला ।

कुलमानले लोडसेडिङ हटाए, घाटामा गएको प्राधिकरणलाई नाफामा लगे । के कुलमानले गरेको अपराध यहि थियो ? अनि भ्रष्टाचार गर्ने, कमिसन खानेहरुले मात्र ८०-९० अंक पाउनुपर्ने हो ? हे सरकार !  २०८१ सालको फागुन पनि सकिन लागिसक्यो ।  ८४ नजिकिंदै छ । तिम्रा नाममा भोट हाल्दा कुलमानलाई तिमीले दिएको अंक सम्झेर तिमीलाई आलु बनाईदेलान् । कुलमान फगत एउटा कर्मचारी होइन, जनताको आशा, भरोसा र विश्वास हो । चेतना भया । (भिडियो) 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी