काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खुला बजारमा वस्तुको भाउ व्यवसायीले नै तोक्ने बताएका छन् । सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सिमेन्ट व्यवसायीको पक्ष लिँदै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
सिमेन्टको मूल्य खुला बजारको सिद्धान्त अनुसार नै बढाइएको भन्दै मन्त्री अधिकारीले उनले सरकारको काम उद्योगसँग सम्बन्धी कानूनी समस्याहरु हल गरिदिने मात्रै भएको
उनले राष्ट्र बैंकले प्रत्येक महिना जारी गर्ने मुद्रास्फीति दरका आधारमा सिमेन्टको मूल्यमा वृद्धि गरिएको हुनसक्ने बताएका छन् । सिमेन्टको मूल्यवृद्धि गर्नुमा लोडसेडिङ लगायतका कारणहरु देखाउँदै राष्ट्र बैंकले तोकेको ब्यालेन्ससिटको आधारमा भन्दा बढी लिए मन्त्रालय एक्सन उत्रिने मन्त्री भण्डारीको भनाई छ ।
त्यस्तै, मन्त्री भण्डारीले उद्योग पनि बच्ने र उपभोक्ताले सहज रुपमा सिमेन्ट समेत प्राप्त गर्ने वातावरण तयार गर्न मन्त्रालयले उचित समन्वय गर्ने बताएका छन् । घुमाउरो पारामा यसको अर्थ सिमेन्टमा व्यवसायीले बढाएको मूल्य सरकारले घटाउन मिल्दैन भन्ने हो ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक अध्यक्ष डोलप्रसाद अर्यालले सिमेन्टको मूल्यवृद्धि गर्नुभन्दा पहिले त्यसको वैज्ञानिक कारणबारे छलफल गर्न व्यवसायीलाई आग्रह गरेका छन् । उनले व्यवसायीले एकतर्फी मूल्यवृद्धि गर्दा समाचारबाट जानकारी पाउनुपर्ने स्थिति रहेको पनि उल्लेख गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्