काठमाडौँ । कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । आफूलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध उनी बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।
उनले आफूलाई गैरकानूनी रुपमा पदमुक्त गरेको भन्दै सरकारको निर्णय खारेज गरी विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्थापना गर्न माग गरेका छन् ।
कुलमानले सर्वोच्चमा दायर गरेको रिट निवेदनमा नेपाल सरकार, उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतका विपक्षी बनाइएको छ ।
गल्ती नै नगरी कार्यसम्पादन गरिरहेको अवस्थामा बदनियतका साथ आफूलाई पदमुक्त गरेको कुलमानले दायर गरेको निवेदनमा उल्लेख छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमानलाई प्राधिकरणबाट हटाउने र कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्