काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सहकारी संस्थाका पदाधिकारीको सम्पत्ति रोक्का गर्न माग गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले यस्तो माग गरेका हुन् ।
उनले बचतकर्ताको बचत हिनामिना गर्ने सहकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति रोक्का गरेर भए पनि बचतकर्ताको रकम फिर्ता गराउनुपर्ने बताएका छन् ।
सांसद सुवालले सरकारले १७ हजार सहकारी खारेज गर्न लागेको उल्लेख गर्दै ती सहकारीमा रकम जम्मा गरेका पीडितहरुको बचत कसरी फिर्ता गर्ने ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
त्यस्तै, सम्बन्धित जिल्ला, प्रदेश, महासङ्घ र सहकारी बैंकमा रहेका पदाधिकारी र डुबेका सहकारी संस्थाका पदाधिकारीहरुलाई जनताको बचत फिर्ता गराउन उनीहरुको सम्पत्ति र लगानी रोक्का गर्न र पासपोर्ट जफत गर्न पनि सांसद सुवालले माग गरेका छ न् ।