काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । रास्वपाको केन्द्रीय समितिको विशेष बैठकलाई सम्बोधन गर्ने क्रममा रविले यस्तो बताएका हुन् ।
उनले सरकारले लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेको भन्दै त्यसको खबरदारी गर्न शरीरमा एक थोपा रगत भएसम्म पछि नहट्ने बताएका छन् ।
‘सरकारले सक्ने जति जोड बल लगाएको छ । दुई तिहाइको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा उभिने छु ।’, रविले भने, ‘लोकतन्त्र, गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पनि पछि हट्दैन ।’
त्यस्तै, उनले सरकारले आफूमाथिको षड्यन्त्रको सिलसिला अझै नसकिएको भन्दै कुनै दिन पनि हार नमानेको र मान्नेवाला पनि नरहेको जिकिर गरेका छन् । ‘सरकारको षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन । तर कुनै दिनपनि हार मानेको थिइन, कहिल्यै हार मान्नेवाला पनि छैन् ।’, उनले भने, ‘जुनसुकै समस्याको पनि समाधान गर्छु भनेर राजनीतिको मैदानमा आएको मान्छे हुँ । जतिसुकै आक्षेप लागोस् । जुनसुकै तराजुमा बसेर आफूलाई तौलन म तयार भएर बसेको छु ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्