काठमाडौँ । पछिल्लो ७ महिनामा नेपालमा १५ करोड ८९ लाख रुपैयाँ बराबरको रङ आयात गरिएको छ । चालु आर्थिक वर्ष २०८१ ८२ को ७ महिना (साउनदेखि माघसम्म) नेपालमा १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ आयात गरिएको ।
यसरी नेपाल आयात गरिएका अधिकांश रङ चीन र भारतबाट आएको देखिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
विभागको तथ्यांक अनुसार अझ चीनभन्दा पनि भारतबाट धेरै रङ आयात भएको देखिन्छ । यसअवधिमा भारतबाट मात्रै १५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको १३ लाख ३८ हजार २ सय ९२ किलो रङ आयात भएको छ ।
त्यस्तै, चीनबाट सो अवधिमा १ लाख ५७ हजार रुपैयाँ बराबरको ७ सय ६१ किलो रङ आयात भएको छ । भारत र चीन बाहेक अस्ट्रेलिया, युनाइटेड अबर इमिरेट्स (यूएई), फ्रान्स, मेक्सिको, जर्मनी लगायत देशबाट पनि नेपालमा रङ आयात भएको विभागको तथ्यांकमा देखिएको छ । यसरी विभिन्न देशबाट आयात गरिएका रङहरु सबैभन्दा धेरै होली र त्यसबाहेक दशैँ, तिहार लगायतका चाडपर्वमा खपत हुने गरेको विभागले जनाएको छ ।