काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मैनबत्ती बालेर कुलमान हटाउने सरकारको निर्णयको साङ्केतिक विरोध गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा मैनबत्ती बालेर साङ्केतिक विरोध गरेका हुन् ।
उनले ‘कसलाई हटाउने, कसलाई राख्ने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्’ भन्दै मैनबत्ती बालेर गरेको साङ्केतिक विरोधको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जुन भिडियोमा उनले सुरुमा बलिरहेको बत्ती निभाएका छन् र मैनबत्ती बालेर मौन बसेका छन् ।
सरकारले सोमबार प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्