×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविले भने- ‘मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार हुनुस्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रविले भने- ‘मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार हुनुस्’

Artha Sarokar

८ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक गम्भीर अवस्थामा रहेको बताएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुलुक गम्भीर अवस्थामा पुगेको बताएका हुन् ।

उनले दुई ठूला राजनीतिक दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिका लागि तयार रहन सबैलाई अपिल समेत गरेका छन् ।

त्यस्तै, उनले सरकार आफैँ नाङ्गिएकोले लाज छोपिदिन अदालत घुमिरहेको बताएका छन् । ‘सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिन लागि अदालत घुमिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ ।’, उनले भने, ‘समय आउँदैछ, म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । क्रान्तिको लागि तयार रहनु होला ।’

त्यसैबीच सञ्चारकर्मीले राजाको प्रसंगमा गरेको प्रश्नमा उनले आफूले आवेगमा र उत्तेजनामा उत्तर दिने पक्षमा नभएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी