काठमाडौँ । एमाले नेता शंकर पोखरेलले भारतले बिजुली नदिए नेपालमा लोडसेडिङ हुने बताएका छन् । प्रेस चौतारी नेपालको दशैँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो दाबी गरेका हुन् ।
उनले हाल भारतले बिजुली नदिने हो भने नेपालमा पुनः लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् ।
केही दिनअघि उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि नेपालमा लोडसेडिङ अन्त्य हुनुमा भारतको ठूलो हात भएको भन्दै भारत र निजी क्षेत्रलाई धन्यवाद दिनुपर्ने बताएका थिए । त्यति मात्र होइन, उनले नेपालमा अब साँझको समयमा लोडसेडिङ हुने बताएका थिए ।
तर, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने अब नेपालमा लोडसेडिङ नहुने बताउँदै आएका छन् । उनले लोडसेडिङको हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्