Skip to content
LAXMI SUNRISE BANK

कार्यसम्पादन मूल्यांकनमा सरकारले कुलमानलाई दियो ‘जिरो’ नम्बर

अर्थ सरोकार

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा ‘जिरो’ नम्बर दिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यसम्पादन मूल्यांकन आधारमा ‘जिरो’ नम्बर दिएको हो । 

घिसिङलाई समयमा विवरण नबुझाएको भन्दै शून्य नम्बर दिइएको कार्यसम्पादन मूल्यांकन समितिका एक सदस्यले बताएका छन् । 

उक्त समितिको संयोजक उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका महासचिव जीवछ मण्डल हुन् । घिसिङले भने गत आर्थिक वर्षमा कार्यसम्पादन मूल्यांकनका आधारमा ९८.९९ नम्बर दाबी गरेका थिए । उनले सोही दाबी अनुसार मूल्यांकनका लागि कार्यसम्पादन सूचकांकसहितको विवरण बुझाएका थिए । 

घिसिङले आर्थिक वर्ष २०७८/७९ मा कार्यसम्पादन मूल्यांकनका आधारमा ९४.२३ नम्बर र आर्थिक वर्ष २०७९/८० मा ९८.९४ नम्बर प्राप्त गरेका थिए । तर, गत आर्थिक वर्ष २०८०/८१ मा भने मन्त्रालयले कुलमानलाई कार्यसम्पादन मूल्यांकनका आधारमा ‘जिरो’ नम्बर दिएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK